शेयर बजार राताम्मे, कारोबार रकम पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजार राताम्मे, कारोबार रकम पनि घट्यो



काठमाडाै । शेयर बजार घटेर राताम्मे भएको छ । मंलवार ५६ अंकले घटेको नेप्से आज बुधवार ४८ दशमलव ४२ अंकले घटेर तीन हजार ७६ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर साढे २९ अंकले, व्यापारको ४१, होटल समूहको ५१ र विकास बैंक समूहको शेयर एक सय ६५ अंकले घटेको छ ।

फाइनान्सको २१, माइक्रोफाइनान्सको ५७, जीवन बीमा समूहको तीन सय ५४, निर्जीवन बीमा समूहको चार सय २२ अंकले, उत्पादनको एक सय ६२ र अन्य समूहको शेयर ३३ अंकले घटेको छ ।

सबैभन्दा धेरै खानीखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि जीवन विकास लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २७ कम्पनीका एक करोड ९५ लाख ९९ हजार कित्ता शेयर १२ अर्ब नौ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली हाइड्रोपावरको ४८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित : ९ भाद्र २०७८, बुधबार १५:४१