महालक्ष्मी विकास बैंकका ग्राहकले टाटा ब्राण्डका गाडी खरिदमा ७० प्रतिशत कर्जा पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकका ग्राहकले टाटा ब्राण्डका गाडी खरिदमा ७० प्रतिशत कर्जा पाउने



काठमाडौं । महालक्ष्मी विकास बैंक सिप्रदि ट्रेडिङबीच सम्झौता भएको छ । बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङसँग सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुने बताएको छ ।

प्रकाशित : ५ भाद्र २०७८, शनिबार १४:१७