श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी छैठौं सदस्य सुविधा काउण्टर सूर्यविनायकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी छैठौं सदस्य सुविधा काउण्टर सूर्यविनायकमा



काठमाडाै‌ं । पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुरको सूर्यविनायकमा छैठौं सदस्य सुविधा काउण्टर संचालन गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले सुविधा काउण्टरको उद्धघाटन गरेका हुन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न यस संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए ।

यस संस्थाको ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल, न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा समेत सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले जनाएको छ। सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा उपलब्ध गराएको संस्थामा ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको जनाएको छ ।

संस्थाले चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग संचालन गरेको जनाएको छ । ६ स्थानमा रहेको सदस्य सुविधा काउण्टरलाई बृद्धी गरी निकट भविष्यमा उपत्यक भित्र र बाहिर गरी थप ६ स्थानहरुमा थप सुविधा काउण्टरहरु संचालन गरी संस्थाले आफ्नो सेवाहरु विस्तार गर्ने जानकारी दिए ।

प्रकाशित : 20 August, 2021 5:09 pm