उद्योग संगठन मोरङद्धारा उद्योगी/व्यवसायीहरुका लागि उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योग संगठन मोरङद्धारा उद्योगी/व्यवसायीहरुका लागि उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन



विराटनगर । वर्तमान महामारीका कारण उद्योग÷व्यवसाय लगायतका क्ष्ँेत्रहरुले भोग्नु परेको व्यवसायीक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग÷प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्ष्ँमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको सहयकार्यमा संकटको समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम मिति २०७८ भाद्र ०३ गते सम्पन्न भएको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्ष्ँेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफनो व्यवस्थापकीय क्ष्ँमतालाई अभिवृद्धि गर्दै दीर्घकालिन रणनीति तर्जुमा गर्नुपर्ने धारणा राख्दै उनले संगठनद्धारा आयोजित फरक धारको यस कार्यक्रमका माध्यमबाट उद्योगी व्यवसायीहरुलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका संयोजक एवं संगठनका कार्यसमिति सदस्य सौरभ सारडाले आर्थिक विकासका शुत्रधारका रुपमा रहेका उद्योगीहरुले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र वाह्रय चूनौतिलाई मध्यनजर गरी आयोजना गरेको यस कार्यक्रमले उद्योगीहरुलाई आगामी दिनमा आफनो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको समन्वयकर्ता संस्था फेक्ट नेपालका कार्यकारी निर्देशक मनिष झाले कोरोना महामारीले विश्वविख्यात मल्टिनेशनल कम्पनीहरुलाई समेत आफनो व्यवसायीक रणनीतिलाई पुन समिक्षा गर्न वाध्य वनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीहरुले अवका दिनमा एक व्यवसायीक योजनामा मात्र सिमित नभई अन्य विकल्पलाई समेत आत्मसात गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा श्रोत व्यक्ति साउथ एशिया सोसाईटी अफ एन्टरप्रेनर्श एडुकेटर्सका अध्यक्ष्ँ आशुतोष तिवारीले उद्योगीहरुले सकारात्मक सोचका साथ नया दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक वजारीकरणको माध्यमबाट खर्च न्यूनिकरण गर्दै प्रतिस्पर्धात्मक क्ष्ँमता वृद्धि गर्नुपर्ने उपायहरुका सम्वन्धमा प्रस्तुती गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे, नेपाल युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष्ँ युनेशराज श्रेष्ठले उद्योगीहरुलाई लक्ष्ँित गरी आयोजना गरिएको यस कार्यक्रमले सबैलाई आगामी कार्यदिशा तय गर्न उर्जा प्राप्त भएको धारणा राखेका थिए । कार्यक्रम यस क्ष्ँेत्रका उद्योगी÷व्यवसायी, महिला उद्यमीहरु, वैंकर्स, प्रँध्यापक र विभिन्न उद्योग प्रतिष्ठानका उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार १३:००