मानुषी लघुवित्तको आइपीओः २३ लाख बढी आवेदककाे हात खाली हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

मानुषी लघुवित्तको आइपीओः २३ लाख बढी आवेदककाे हात खाली हुने



काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आइपीओ) काे प्री-अलाेटमेन्ट सम्पन्न भएकाे छ । आज (भदाै ३ गते, बिहीबार) प्री-अलाेटमेन्ट सम्पन्न भएकाे निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले जानकारी दिएकाे छ ।

उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड भदाै ७ गते, साेमबार हुँने बताइएको छ । संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ८३.१० गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आइपिओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । बाँकी २३ लाख बढी आवेदककाे हात खाली हुनेछ ।

प्रकाशित : 19 August, 2021 5:37 pm