नबिल बैंकले जारी गर्यो ‘नबिल क्यास मेशिन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकले जारी गर्यो ‘नबिल क्यास मेशिन’



काठमाडौं । आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले ‘नबिल क्यास मेशिन’ जारी गरेको छ । आधुनिक बैंकिङ युगको शुरुवात गर्न केन्द्रित हुँदै यस ‘नबिल क्यास मेशिन’ले ग्राहकहरुलाई एटीएक मार्पmत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।

यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा एक हजार, पाँच सय र एक सयको नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् । साथै एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् । साथै यस मार्पmत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस् मार्पmत ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।

बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत संजाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।

प्रकाशित : २ भाद्र २०७८, बुधबार २०:२४