प्रभु बैंकको २६ लाख ५० हजार कित्ता ऋण पत्र नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको २६ लाख ५० हजार कित्ता ऋण पत्र नेप्सेमा सूचीकृत



काठमाडौँ । प्रभु बैंकको २६ लाख ५० हजार कित्ता ऋण पत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ ।

‘८.५ प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८७’ को क्रमसंख्या १ देखि २६ लाख ५० हजार सम्मको अंकित तथा चुक्ता मूल्य रु. १००० कायम भएको उक्त ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो ।

नेप्से र बैंकबीच आज ऋणपत्र सूचीकरण सम्बन्धी सम्झौता भएको हो । अब भोलिबाट दोश्रो बजारमा उक्त ऋणपत्र कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।

प्रकाशित : १ भाद्र २०७८, मंगलवार १६:३५