सिभिल बैंकले ल्यायाे‘वरिष्ठ बचत खाता’,ब्याजदर कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैंकले ल्यायाे‘वरिष्ठ बचत खाता’,ब्याजदर कति ?



काठमाडौं । सिभिल बैंकले ‘वरिष्ठ बचत खाता’ ल्याएको छ । जसमा बैंकले वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर उपलब्ध गराउने बताएको छ ।

उक्त बचत खाता ५८ वर्षभन्दा माथिकाले मात्रै खोल्न पाउने छन् । उक्त खाता खोल्न न्युनतम मौज्दात १० हजार रुपैयाँ चाहिने छ ।

साथै, ब्याजको भुक्तानी मासिक रुपमै गरिने बैंकले जनाएकाे छ । यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्नै वाचा गर्दछ साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए ।

निक्षेप तर्फ ९१ अर्ब ६७ करोड रुपैयाँ र कर्जातर्फ ८५ अर्ब १४ करोड रुपैयाँ पुर्याउन सफल भएको सिभिल बैंकले निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५ प्रतिशतमा सिमित गर्न सफल भएको छ ।

सिभिल बैंकले आफ्ना ग्राहकलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार २१:३३