१० हजार पुरस्कार भएको ‘कुमारी स्मार्ट लगइन च्यालेन्ज’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१० हजार पुरस्कार भएको ‘कुमारी स्मार्ट लगइन च्यालेन्ज’



काठमाडाैं । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक Kumari Bank Limited ले ‘कुमारी स्मार्ट १ मन्थ लग इन च्यालेन्ज’ नामक अभियान सुरु गरेको छ ।

उक्त अभियानमा लक्कि ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले १ हजारका दरले पुररस्कार प्राप्त गर्नेछन् । यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार १० हजार नगद प्राप्त गर्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुन ग्राहकले अभियान शुरू भएको १ महिनासम्म तल मध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ । सो अभियान भाद्र १ २०७७ देखि सुरू हुदैंछ ।

१.कुमारी स्मार्ट एपमार्फत आफ्नो खाताको विवरण हेर्ने

२. टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्नेछ

कुमारी बैंकले हाल १९४ शाखा, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टर सेवा दिँदै आएको छ ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार १७:५८