अर्थ समितिलाई साउदको जवाफः मैले पनि सेयर किन्न पाउनुपर्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अर्थ समितिलाई साउदको जवाफः मैले पनि सेयर किन्न पाउनुपर्छ



काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्र सिह साउदले सर्वोत्तम सिमेन्टको सेयर खरिदमा ऐन कानुन नबुझेर आफ्नो बारेमा मिडियाले भाईरल गरेको आरोप लगाएका छन् । संसदको अर्थ समितिले सोधेको स्पष्टीकरणको जवाफमा सउदले यस्तो बताएका हुन् ।

उनले भने –’अ‍ेटिसिको रेगुलसन छैन सुचिकरणा छैन किन्न मिल्छ । हामि दोस्रो बजारमा प्लेटफम दिने निकाय हो । संस्थापक सेयर किन्न बाध्य हुन् छैन भनेको छ । मैले पनि लगानि गर्न पाउनु पर्याे नि ।’

उनले यो प्रमोटर सेयर भएकाले ३ वर्ष खरिदबिक्री गर्न नपाउने बैठकमा बताए । ‘बुक बिल्डिङको लागि अनुमति लिएको छैन । अनुमति हामिले दिने होइन सेबोनले दिने हो’ बताए ।

कर्मचारी विनियमावलिको ३९ को ग मा सेयर किन्न पाउने उल्लेख छ । साउदले सेयर किन्न पाउनु हुन्छ । कुनै कम्पनीको संस्थापक किन ३ वर्ष बेच्न मिल्दैन । नैतिकताको बिषय उठेको छ । सेयर बजारका फ्रन्टलाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदकी श्रीमतिको नाममा समेत उक्त कम्पनीको सेयर खरिद भएको पाइएको थियो ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार १२:१५