मेगा बैंकका सेयरधनीले २५ प्रतिशत हकप्रद पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकका सेयरधनीले २५ प्रतिशत हकप्रद पाउने



काठमाडाै १० साउन । मेगा बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई ४ः१ अनुपात अर्थात २५ प्रतिशतको दरले दिने भनेको हकप्रदका लागि आगामी साउन २७ गतेबाट आवेदन दिने सकिने भएको छ ।

बैंकले सोमबार जारी गरेको सूचना अनुसार हकप्रदका लागि आवेदन दिने मिति साउन २७ गतेबाट सुरु हुने र ३५ दिनभित्रमा अर्थात आगामी भदौ २९ गतेभित्रमा भरिसक्नुपर्नेछ । 522-1469428492mega-bank

मेगा बैंक लिमीटेडले १ सय रुपैयाँ अंकित मूल्यको ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद निश्कासन गर्नेछ ।

तोकिएको हकप्रद निश्कासनका लागि बुक क्लोजरको मिति साउन १० गतेलाई तोकिएको छ । बुक क्लोजर हुनुभन्दा अघिल्लो दिन मेगा बैंकको सेयर आफ्नो नाममा नामसारी गरेकाहरुले  समेत हकप्रदका लागि निवेदन दिनसक्नेछन् ।

मेगाको हकप्रद निश्कासन र व्यवस्थापनका लागि ग्लोबल आइमएमई क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ ।
हकप्रदका लागि सेयरधनीहरुले जमलस्थित राष्ट्रिय नाचघर नजिकै रहेको ग्लोबल आइमई क्यापिटल लिमीटेडको मुख्य कार्यालय र मेगा बैंक मुख्य तथा देशभरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हकप्रदको व्यवस्थापनपछि बैंकको हालको ३ अर्ब २४ करोड चुक्तापूँजी बढेर ४ अर्ब  ५ करोड पुग्ने बैंकले जनाएको छ । बैंकको अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ । यो बैंकमा सर्वसाधारण संस्थापक सेयर स्वामित्व अनुपात ५१ ः ४९ प्रतिशत रहेको छ ।

यो बैंकको जुलाई २१ को सेयर मूल्य ६०१ रुपैयाँ रहेको छ । मेगा बैंकले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा ३२ करोड २८ लाख खूद नाफा आर्जन गरेको थियो ।

यो बैंकले हाल देशभरका ४४ वटा शाखा, ५३ वटा शाखारहित आउटलेट, ४५ एटीएम काउण्टर, १४ सय मेगा रेमिटान्स सेन्टरबाट आफ्नो सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित : १० श्रावण २०७३, सोमबार ०८:१०