काठमाडाै । प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले सरकारको पछिल्लो काम प्रति कटाक्षे गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै महतले पहिलेको सरकारले हनुमान मात्रै देख्यो र अहिलेको सरकारले कुलमान मात्रै देखेको भन्दै कटाक्ष गरेका हुँन ।
महतले कुलमान बूढो भएपछि सरकारले के गर्छ ? भनेर प्रश्नसमेत गरेका छन् । सरकारले हनुमान र कुलमान मात्रै देख्नु सिङ्गो देशका लागि फाइदाजनक नभएको महतको भनाइ थियो । ‘एउटा सरकारले हनुमानबाहेक अरु नदेख्ने, अर्को सरकारले कुलमानबाहेक अरु नदेख्ने,’ महतले भने, ‘हुन त मैले कुलामानलाई हनुमानसँग दाँजेको होइन ।
हनुमानले हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धुजाधुजा पारे । तर, कुलमानले विद्युत् प्राधिकरणलाई नाफामै लगेका छन्, राम्रै काम गरेका छन् । तर, के कुलमानबाहेक अरु छैनन् त ? किन खाली कुलमान नै चाहिने ? कुलमान बूढो भएपछि के गर्छ त सरकार ? किन कुलमानलाई मात्रै देख्छ सरकार ?’
Comment