काठमाडौ । उर्जामन्त्री पम्फा भुसालले बिजुलीको महसुल ११ रुपैयाँभन्दा कम बनाउने निर्णय भएको बताएकी छिन । उर्जा मन्त्रालयमा बुधबार पत्रकार सम्म्मेलन गर्दै उनले २० युनिटभन्दा कम बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क गर्ने निर्णय भएको बताएकी हुन ।
उनले यो निर्णय नेपाल बिद्युत प्राधिकरणबाट पनि भईसकेको र अब विद्युत नियमन आयोगको निर्णयबाट छिटै कर्यान्वयन गर्ने पनि बताइन । भुसालले जति खपत गर्यो त्यति बढी महशुल छ भन्दै अब बढीमा ११ रुपैयाँ प्रतियुनिट मात्रै हुने बताइन । २० युनिट भन्दा कम बिजुली खपत गर्ने गरिब घर परिवारलाई निःशुल्क बिजुली दिने निर्णय भएको र यो निर्णयबाट २० लाख उपभोक्ता लाभान्वित हुने उनको भनाई छ ।
सामुदायिक उपभोक्तासहित गरेर २५ लाख लाभान्वित भुसालले बताइन् । रातिको समयमा खपत हुने बिजुलीमा ८० प्रतिशत छुट दिने निर्णय भएको छ । विद्युतीय चुलोको प्रयोग बढाउने बताउँदै भुसालले अब विद्युतीयबाहेक अरु गाडि नकिन्ने निर्णयमा पुगेको बताइन् । कार्यक्रममा प्राधिकरणका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी थिए ।
Comment