सामान्य अकंले बढ्यो नेप्से, १५ अर्बको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

सामान्य अकंले बढ्यो नेप्से, १५ अर्बको कारोबार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । साताको चौथो कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ०.९४ अंकले बढेको छ ।

यसदिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.०३ प्रतिशतले बढेर ३१६२.५९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने २.३८ अंकले घटेर ५८५.७१बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय २४ कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन रु रु जलविद्युत परिवार लिमिटेड, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित : २७ श्रावण २०७८, बुधबार १५:२६ 11 August, 2021 3:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।