निषेधाज्ञालाई थप कडाई,सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय (पुर्णपाठ सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निषेधाज्ञालाई थप कडाई,सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय (पुर्णपाठ सहित)



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई थप कडाई बनाइएको छ । मंगलबार बसेको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञालाई कडाई गर्दै साँझ ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

उपत्यकामा १५ दिन निषेधाज्ञा थप गरिएको छ । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।

यसअघि घोषित निषेधाज्ञाको अबधि भोलि (साउन २७) गतेबाट सकिँदै छ । दोस्रो लहरको कोरोना संक्रमितको संख्यामा बृद्धि भएकोभन्दै गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु गरिएको हो ।

प्रकाशित : 10 August, 2021 3:09 pm