आइपीओ निष्कासनको माग गर्दै थ्री स्टार हाइड्रोपावर बोर्डमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आइपीओ निष्कासनको माग गर्दै थ्री स्टार हाइड्रोपावर बोर्डमा



काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आइपीओ) निष्कासन गर्नका लागि अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।

कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति माग्दै गत साउन १७ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित दरका १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासनका गर्दैछ।

बोर्डले अनुमति दिएसँगै कम्पनीले प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि उक्त आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : 10 August, 2021 12:11 pm