ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका ७ वटा शाखा कार्यालय बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका ७ वटा शाखा कार्यालय बिस्तार



काठमाडौं । पोखरा महानगरपालिका २६ स्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ ।

संस्थाले बांकेको ढकेरी शाखा, सप्तरीको छिन्नमस्ता शाखा, रोल्पाको त्रिवेणी शाखा, रुपन्देहीको बनगाई शाखा, ओखलढुङ्गाको लिखु शाखा, उदयपुरको चुहाडे शाखा तथा झापाको धुलाबारी शाखा गरी ७ वटा शाखा कार्यालय विस्तार गरेको हो ।

यी शाखासँगै लघुवित्त संस्थाको १०८ वटा शाखा कार्यालयहरुबाट थप सेवा प्रदान गर्न सुरु गरिसकेको छ । साथै, यस संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिने उद्देश्यले आईएमई–पे तथा ई–सेवासंग समन्वय गरी आफ्ना सदस्यहरुसंग आर्थिक कारोबार गर्न शुरु गरेको छ ।

यस संस्थाले हाल एक लाख २६ हजार ९९४ जना सदस्यहरुलाई लघुवित्त वित्तीय सुविधा प्रदान गरेको छ भने संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई ६ अर्ब ३७ करोड ११ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ ।

यसैगरी यस लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुसंग २ अर्ब १५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार १२:३०