कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग



काठमाडौं । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु ३ (तीन) लाख सहयोग गरेको छ ।

एक औपचारिक कार्यक्रमबीच बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राजकुमारी चौधरीलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो ।

बिगत ३ वर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी दिएका छन् ।

बेलका नगर प्रमुख थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए ।

बैंकले देशभर रहेका १९४ शाखा सञ्जाल, १६५ एटिएम, १३ एक्टेनशन काउन्टर लगायत २८ वटा शाखारहित ईकाई मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : १९ श्रावण २०७८, मंगलवार १८:१५