काठमाडौं महानगरपालिकाले भन्यो खोप सकियो, अब अर्को सूचना पर्खनु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

काठमाडौं महानगरपालिकाले भन्यो खोप सकियो, अब अर्को सूचना पर्खनु



काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । मौज्दात गरिएको कोभिडविरुद्ध लगाइने खोप काठमाडौं महानगरपालिकामा सकिएपछि खोप कार्यक्रम स्थगित भएको हो ।

महानगरपालिकाको सहरी विभाग प्रमुख हरि कुँवरका अनुसार १४ गतेदेखि १७ गतेसम्म ४५ वर्ष उमेर समूहका माथिकालाई लगाइएको खोप सकिएकाले स्थगित गर्नुपरेको हो । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन भएको थियो ।

अर्को सूचना जारी नभए सम्म खोप कार्यक्रम स्थगित भएको काठमाडौं महानगरले जनाएको छ ।

प्रकाशित : १८ श्रावण २०७८, सोमबार १२:०७