ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा



काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको छ।

बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता सञ्चालनमा ल्याइएको हो । यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निम्न सुविधाहरु पाउन सक्नेछन् :

१. नि:शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क

२. नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन शुल्क

३. नि:शुल्क सि-आस्वा

४. नि:शुल्क मोबाईल बैंकिङ्ग सेवा

५. नि:शुल्क इन्टरनेट बैंकिङ्ग सेवा

६. नि:शुल्क डेबिट कार्ड

यसका साथै, बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको वार्षिक सेवा शुल्कमा ५०% छुट र धितो रकममा ३०% छुटको सुविधाहरु पनि रहेका छन् । ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिनेछ।

प्रकाशित : १७ श्रावण २०७८, आईतवार २०:४८