नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत,ओपनिङ रेन्ज कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत,ओपनिङ रेन्ज कति ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेप्सेमा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आइपीओ) सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । अब भोलिदेखि दोस्रो बजारमा कारोबार सुरू हुनेछ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

प्रकाशित : १७ श्रावण २०७८, आइतबार १५:१३ 1 August, 2021 3:13 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।