उद्योग संगठन मोरङले अघि सारेका कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारसंग सहकार्य गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उद्योग संगठन मोरङले अघि सारेका कार्यक्रम कार्यान्वयनमा प्रदेश सरकारसंग सहकार्य गर्ने



विराटनगर ।। उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा यो क्षेत्रलाई चलायमान बनाउन संचालनमा ल्याउने कार्यक्रममा प्रदेश सरकारले सहकार्य गर्ने भएको छ ।

उद्यमशीलता प्रवर्द्धन र औद्योगिक क्षेत्रको हितलाई ध्यानमा राखी अर्थतन्त्र चलायमान बनाउन माग राख्दै उद्योग संगठन मोरङले प्रदेश १ का सामाजिक विकास मन्त्री उशाकला राई, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा र प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेललाई भेटेको छ ।

उद्योग संगठनले शुरु गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम, सीप विकास कार्यक्रम, ईन्टरप्राईजिङ ईस्ट र शिप विकास ईकाईको स्थापना जस्ता कार्यक्रममा सहकार्यका लागि पनि प्रदेश सरकारसँग आग्रह गरेको छ ।

सरकार र नीजि क्षेत्रबीच समन्वय गरी सञ्चालन गरिने यस्ता कार्यक्रमले प्रदेशको आर्थिक एवं औद्योगिक विकासका साथै उद्यमशिलता रुपान्तरण नयाँ आयाम थपिने र दिगो विकासका लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए ।

त्यस्तै, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयूक्त रुपमा संचालन गरेको मेरो देश, मेरै उत्पादनका तथा प्रदेश सरकार र विराटनगर महानगरपालिकासमेतको संयुक्त परियोजनाका रुपमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको प्रकृयालाई तिव्रता दिन पनि उद्योग संगठनले माग गरेको छ ।

उद्योगी व्यवसायीहरुसँगको छलफल पछि सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश कै समग्र आर्थिक विकासलाई दृष्टिकोण गरी संगठनबाट प्रस्तुत भएको अवधारणामा मन्त्रालय सहकार्य गर्न तयार भएको बताइन् ।

मन्त्री राईले युवाहरुलाई स्वदेश मै स्वरोजगारीको माध्यमबाट आर्थिक विकासमा संलग्न गराउने वातावरण तयार गर्नु सरकार र नीजि क्षेत्रको दायित्व भएकाले मन्त्रालय संगठनसँग सहकार्य गरेर अघि बढ्न प्रतिवद्ध रहेको बताइन् ।

स्र्टाटअप कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा, संगठनका स्थानीय, प्रदेश, संघिय सरकार समन्वय समितिका संयोजक तारानाथ निरौलाले स्थानिय पालिकाका प्रतिनिधिहरुलाई पालिकाहरुमा रहेको रोजगार सूचना केन्द्रमा दर्ता भएका रोजगारका खोजीमा रहेका उद्यमशिलता गर्न चाहने युवाहरुलाई स्र्टाटअप कार्यक्रममा आवद्ध हुनका साथै रोजगारीको खोजीमा रहेका व्यक्तीहरुलाई शिप विकास एकाई मार्फत सेवा लिन सहजीकरण गर्न अनुरोध गरे ।

उनिहरुले आर्थिक आय आर्जनका माध्यमबाट जनताको जिवनस्तर उकास्नु स्थानीय पालिकाहरुको प्राथमिकता भएकाले आर्थिक कृयाकलापमा सघाउ पु¥याउने कार्यक्रमहरुमा स्वतफूर्त सहभागिता जनाउन आग्रह गरे ।

कार्यक्रममा सहभागि स्थानीय सरकारका उपप्रमुखहरुले दैनिकजसो संयौको संख्यामा रोजगारीको खोजीमा विदेशिने युवाहरुलाई स्वदेशमा नै नया अवसरको विकास गर्न यस कार्यक्रमले मद्त पु¥याउने वताउदै स्थानीय पालिकाहरुको तर्फबाट यस कार्यक्रममा अधिकतम युवाहरुको सहभागिताको सूनिश्चित गर्न पूर्णरुपमा सहयोग रहने वताए ।

कार्यक्रममा संगठनका महानिर्देशक चुडामणि भट्टराईले संगठनले प्रारम्भ गरेको स्र्टाटअप कार्यक्रमको अवधारणा, यसका लक्ष्ँित वर्ग, कार्यक्रमको अवधि लगायतका विषयमा प्रस्तुती गरेका थिए ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलवार १८:११