काठमाडौ । सरकारले साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले साउन ६ गते मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद परेकोले सो अवसरमा देशभर विदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले ईदको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
साउन ६ गते बकर ईद परेको छ । यो पर्व मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिन्छ । यो पर्बलाई बकर इद अर्थात इद उल अज्हा पनि भनिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ ।
४ श्रावण २०७८, सोमबार १८:४२
Comment