नेप्सेमा २ कम्पनीकाे बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा २ कम्पनीकाे बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?



काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड र एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको हाे । नेप्सेमा सिभिल लघुवित्तको ३.५ प्रतिशत र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर बाफतको ९ लाख ५८ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.५ प्रतिशत बोनस बापतको ८१ हजार ८७६.७९५ कित्ता सेयर सूचीकृत भएको हो । त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७४४ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

प्रकाशित : २४ असार २०७८, बिहीबार १६:५५