जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, यी प्रस्ताव भए पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, यी प्रस्ताव भए पारित



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज (सोमबार) कम्पनीको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरेको छ ।

त्यसैगरी, सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक नियुक्त गरेको छ । जसमामा अमृत बञ्जाडे र सरस्वती गौतम(ज्ञवाली) निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीले कोभिड १९ कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : २१ असार २०७८, सोमबार १८:३७