तीन वर्षमा १० वटा पाँचतारे होटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तीन वर्षमा १० वटा पाँचतारे होटल



Five-Star-Hotel-List
स्रोत कारोबार दैनिक

काठमाडौं, ५ साउन। मुलुकमा २ वर्षदेखि पर्यटक आगमन घट्दो मात्रामा रहेतापनि होटल व्यवसायमा लगानी भने उल्लेख्य बढेको छ । गत वर्षको भुकम्प र नाकाबन्दीले अन्य व्यवसाय थलिएपनि यस क्षेत्रमा लगानी सुरु गरिएका आयोजनाको निर्माण पुनः सुचारु भएका छन् । गत वर्ष ८ महिनासम्म निर्माण रोकिएका नयाँ होटल निर्माणले गति लिन थालेको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरुका अनुसार मुलुुकमा अर्को विपक्ति नआए सन् २०१९ सम्ममा १० वटा पाँचतारे होटल थपिनेछन् । हाल १८ वटा पाँचतारे होटल बन्ने प्रकृयामा छन् । निर्माणको चरणमा रहेका तीनतारे र चारतारे होटलको संख्या पनि दुइ दर्जनभन्दा बढी छ । निर्माणाधीन पाँच तारे र चारतारे होटलहरुको निर्माणपछि कम्तीमा ३ हजार २ सय ६२ कोठाहरु थपिनेछन् । आजको कारोबार दैनिकबाट

प्रकाशित : ५ श्रावण २०७३, बुधबार ०३:३९