बूढीगण्डकी विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

बूढीगण्डकी विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई !



 काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बलि बनाई  राजश्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा दिन मन्त्रिपरिषदमार्फत प्रक्रिया सुरु गरेका छन् ।

अर्थ मन्त्राललाई समेत सहमत गराई मन्त्रिपरिषदबाट पारित गर्नेगरी सीजीजीसीले हालेको प्रस्तावउपर प्रधानमन्त्रीको निर्देशनमा उर्जा मन्त्रालले कारबाही सुरु गरेको आजको अन्नपूर्णमा समाचार छ ।

सत्ताको प्रमुख साझेदार माओवादी केन्द्रले सरबाट हट्ने निर्णय गरेकै दिन गत असार २८ गते सीजीजीजसीले उर्जा मन्त्रालयमा प्रस्ताव हालेको थियो । सीजीजीसीले उसको एजेन्टमार्फत प्रधानमन्त्रीलाई विश्वस्त पारेपछि प्रक्रिया सुरु गरिएको उर्जा स्रोतले भन्यो ।

प्रकाशित : 20 July, 2016 2:58 am