हावाबाट बिजुली प्रस्ताव गर्ने कम्पनी बेपत्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

हावाबाट बिजुली प्रस्ताव गर्ने कम्पनी बेपत्ता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

wind-power-696x463काठमाडौं, ३ साउन । हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्क बिहीन भएको छ । दी गोर्खाज युकेले प्रस्ताव पेस गरेपनि काम नगर्दा लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र बिस्तृत परियोजना प्रतिवेदन पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो । बोर्डले निर्देशन दिएको ६ महिना पुग्ने बेलासम्म कम्पनीले डिपिआर पेस गरेको छैन । कम्पनीका सञ्चालक नै सम्पर्कमा नरहेको बोर्डका प्रवक्ता सहसचिव रवि भट्टराईले बताए ।’

डिपिआर पेस गर्न दिएको समयसीमा कम्पनीले गुजारिसकेको छ, कम्पनीका व्यक्ति नै सम्पर्कमा छैनन् उने भने, ‘हावाबाट बिजुली निकाल्न त्यो कम्पनीलाई दिनेबारे यसअघिको निर्णयखारेजीका लागि बार्ड बैठकमा प्रस्ताव गरिने भएको हो ।’ आजको नयाँ पत्रिका दैनिकबाट

प्रकाशित : ३ श्रावण २०७३, सोमबार ०२:५४ 18 July, 2016 2:54 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।