काठमाडौं महानगरपालिका भन्छः खोप सकियो, अर्को सूचना पर्खनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

काठमाडौं महानगरपालिका भन्छः खोप सकियो, अर्को सूचना पर्खनुस्



काठमाडौं । काठमाडौं महानगरपालिकाले वृद्ध वृद्धिलाई लगाउँदै आएको खोप अभियान अनिश्चित कालका लागि स्थगित गरेको छ । महानगरपालिकाले आज (बिहीबार) सूचना जारी गर्दै ३२ वटै वडामा सञ्चालन भइरहेको खोप अभियान अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो।

‘स्वास्थ्य सेवा विभागबाट २०७८ जेठ २८ गतेबाट भेरोसेल खोप जिल्लालाई छुट्याएको संख्या पूरा भइसकेको सूचना प्राप्त भएकाले सोही दिनबाट काठमाडौं महानगरपालिकाको १ देखि ३२ वटा वडामा सञ्चालन गरिएको खोप अभियान अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार २१:४५