एचआईडिसीएलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एचआईडिसीएलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाैं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) निष्काशन गर्न लागेको हकप्रद शेयरमा आवेदन दिने आज (जेठ २७ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन प्रयोजनार्थ जेठ २८ गते एक दिन बुकक्लोज गर्नेछ। सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन्।

२०७५ पुस ३० गते सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि गत जेठ ९ गते अनुमति दिएको थियो।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार १०:३०