सेयर बजारबाट दैनिक एक अर्ब राजस्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

सेयर बजारबाट दैनिक एक अर्ब राजस्व



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले शेयर बजारबाट सरकारले दिनमा एक अर्ब राजस्व लिने गरेको जानकारी दिएका छन् । बोर्डको २९ औं वार्षिक उत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन । धितोपत्र बजारबाट एक वर्षपहिला महिनामा बल्ल बल्ल एक अर्ब रुपैयाँ पुँजीगत लाभकरबाट आम्दानी हुने गरेको थियो भने अहिले भने दैनिक एक अर्ब रुपैयाँ सरकारले राजस्व पाउने गरेको छ ।

ढुंगानाले नियामको सहजीकरण, सहज तरलताको उपलब्धता, पुँजीगत लाभकरको निर्क्योल, प्रविधि मैत्री बजारका कारण सेयर बजार निरन्तर वृद्धि भएको बताएका छन् । बोर्डको २९ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बजार बढ्नुको कारण उजागर गरेका हुन् ।

कोरोनाका कारण लगानीका अन्य क्षेत्रमा संकुचन आएको, बजारमा पर्याप्त मात्रामा तरलता रहेको, सूचिकृत कम्पनीहरुको प्रतिफल पनि राम्रो देखिएको, पुँजीगत लाभकर सम्बन्धी विवाद सुल्झिएको र बोर्डले नेप्से तथा सिडिएसको सेवालाई चुस्त दुरुस्त बनाउन भूमिका खेलेकाले बजारमा सकारात्मक प्रभाव देखिएको बताएका हुन् ।


अध्यक्ष ढुंगानाले पुँजी बजारबाट सरकारलाई मासिक एक अर्ब भन्दा बढी कर तिर्ने अवस्था निर्माण भएको पनि बताए ।

सेयर बजारलाई प्रविधि मैत्री बनाउने, ऐन कानुन र नियमावलीहरुलाई समय सापेक्ष सुधार गर्ने तथा बोर्डको नियामकिय क्षमता बढाउन अब केन्द्रित हुने पनि बताए ।

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलवार १२:२५