काठमाडाैं । नेपाल धितोपत्र बोर्डले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई संचालनमा ल्याउन नेप्सेलाई निर्देशन दिइएको छ ।
बोर्डले बिहिबार एक निर्देशन जारी गर्दै -‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्था बमोजिम स्थापना भएको राफसाफ कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता हुने गरी कार्यान्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्री वापतको रकम भुक्तानी हुननसकिरहेको र धितोपत्रको दोश्रो बजार कारोवार दिनानुदिन वृद्धि भइरहेको सन्दर्भमा यसमा निहित प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न आवश्यक भएकोले धितोपत्र कारोवारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक देखिएको थियो ।’ बोर्डले जारी गरेको प्रेसविज्ञप्तिमा भनिएको छ ।
नेप्से, राफसाफ गर्ने संस्था र ब्रोकरको तर्फबाट रकम जम्मा गर्नुपर्नेछ । राफसाफ कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत रकम, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत र राफसाफ सदस्य (धितोपत्र दलालले) २० प्रतिशत योगदान गर्नुपर्ने छ ।
कोषमा हालसम्म नगण्य रकम मात्र जम्मा भएको छ । जसका कारण सेयर लगानीकर्ताले सेयर बिक्रीबापतको रकम भुक्तानी हुन सकेको छैन ।






Comment