उपत्यकामा निषेधाज्ञाको समय १० दिन थप, के गर्न पाइन्छ /पाइदैन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

उपत्यकामा निषेधाज्ञाको समय १० दिन थप, के गर्न पाइन्छ /पाइदैन ?



काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको हो ।

आज बसेको काठमाडाैं, ललितपुर र भक्तपुरका प्रजिअहरुको बैठकमा उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने सहमति भएको हो । निषेधाज्ञाको अवधिमा मर्निङवाक र इभिनिङ वाक भने अझै रोक लगाउने प्रजिअहरुको बैठकले निर्णय गरेको छ। औपचारिक निर्णय सार्वजनिक गर्न बाँकी छ।

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार १३:४३