दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भरः मन्त्री अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भरः मन्त्री अर्याल



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छिन् ।

विश्व दूध दिवशको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले हाम्रो प्राणको सुरुवात दूधबाट भएको भन्दै उनले अबको दुई वर्षभित्र दूधमा आत्मनिर्भर बन्ने बताएकी हुन् ।

l
‘अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौं ,मन्त्री अर्यालले भनिन् प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पूरा गछौं ।’

दूग्ध क्षेत्रमा भएका तमाम समस्या समाधानतर्फ मन्त्रालय लागिरहेको भन्दै उनले दूध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको समेत बताइन् ।

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलवार १८:५५