यो बजेटले काम गर्दैनः डा. शेखर कोइराला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

यो बजेटले काम गर्दैनः डा. शेखर कोइराला



काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने बताएका छन् ।

आइतबार आयोजना गरेको ‘बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ?’ भन्ने विषयको भर्चुअल अन्तरक्रियामा बोल्दै उनले सो कुरा बताएका हुँन ।

कार्यक्रममा काँग्रशका अर्का नेता तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले कोरोनाको उपचारका लागि अहिलेको अवस्थामा अस्पतालमा चिकित्सक थप्न सरकारलाई आग्रह गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल र डा. गोविन्दराज पोखरेलले बजेट राजनीतिमुखी भएको आरोप लगाउँदै पूर्वअध्ययनबिना नै योजना समावेश गरिको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजनीतिक दलले भन्दा पनि व्यक्तिले लाभ लिने खालको बजेट आएको भनाइ राखेका थिए ।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार १०:४०