बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन हुँन्छ, शङ्का नगर्नुस्ः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन हुँन्छ, शङ्का नगर्नुस्ः अर्थमन्त्री



कामचलाउ सरकारका अर्थ मन्त्री विष्णु पौडेलले आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन्। आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको बताए ।

उनले भने , ‘यो बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड–१९ महामारी नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्थ्याे र त्यसैअनुसार बजेट केन्द्रित गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना र कार्यक्रम कार्यान्वयन गर्छौँ ।’

आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिकाे सपना साकार पार्ने प्रतिबद्धता गरे ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनर्उत्थान हुने विश्वासकासाथ बजेट आएको बताए ।

राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर लगाएको नभइ कानून बमोजिम सामान्य समायोजन गरेको बताए ।

प्रकाशित : १६ जेष्ठ २०७८, आईतवार १७:११