काठमाडौँ । कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढिरहेको सन्दर्भमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट संयुक्त रुपमा पहल भएको छ । यस अभियानको लागि नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड(१९ आजैदेखि संचालनमा आएकोे छ ।
टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । उक्त कार्यक्रममा चेम्वरका अध्यक्ष राजेन्द्र मल्ल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा शुभारम्भ गरिएको हो ।
कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वरका अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुँदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउँदा खुशी लागेको बताए ।
केन्द्र संचालनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सहप्रायोजना रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले मेरो डक्टर एप डाउनलोड गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्वन्धमा मेरोडक्टर डट कम÷हेल्पमा गई आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको चेम्बरले जनाएको छ ।






Comment