काठमाडाै । सरकारले १६ खर्ब ४७ अर्बको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ७८/७९ को लागि १६ खर्ब ४७ अर्ब २७ करोडको पेश गरेका छन्।
जस मध्ये संघको चालु खर्च ६ खर्ब ७८ अर्ब , पुँजीगत खर्च ३ खर्ब ४७ अर्ब र बित्त व्यवस्थापन तर्फ २ खर्ब ५ अर्ब बिनियोजन गर्ने घोषणा गरेका हुँन ।
बजेटको स्रोत मध्ये राजश्वबाट १० खर्ब २४ अर्ब, अनुदानबाट ६३ अर्ब पूर्ति गरिने उल्लेख छ । अपुग रहेको ५ खर्ब रकम मध्ये ३ खर्ब ९ अर्ब विदेशी ऋण र २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने उल्लेख छ ।
Comment