कोभिड १९- ६०८० जना निको भए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

कोभिड १९- ६०८० जना निको भए



काठमाडौं । नेपालमा ४४८७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ४३११ जना र एन्टीजेन परिक्षणबाट १७६ जना गरि जम्मा ४४८७ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या पाँच लाख ५३ हजार ४२२ रहेको छ । संक्रमित मध्ये चार लाख ३४ हजार ७५० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या एक लाख ११ हजार ५०९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६०८० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ११६ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ७१६३ पुगेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १६:२८