हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ७ सय ४४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ७६६ रहेको थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज जेठ १३ देखि जेठ २८ गते सम्मको बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो। जेठ १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले जेठ २८ गते शुक्रबार बिहान ११ बजे भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि साधारणसभा आह्वान गरेको छ ।

प्रकाशित : १३ जेष्ठ २०७८, बिहीबार १०:२३