शोभनदेवले लुम्बिनी बैंक छाडे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

शोभनदेवले लुम्बिनी बैंक छाडे



shovan dev panta(2)काठमाडौं । लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले आइतबार साँझ आफ्ना कर्मचारीहरुलाई ईमेल लेख्दै बैंक छाडेको जानकारी दिए। उनले ‘खराव अवस्थाको बैंकलाई सुधार गरेर मर्जरको चरणमा पुर्‍याएको छोटो चर्चा गर्दै लुम्बिनीसँगको १० बर्षे यात्राबाट सोमबारदेखि अलग भएको’ ईमेलमा लेखेका छन्।

२०४१ सालबाट बैंकिङ करियर सुरु गरेका पन्तले नेपाल राष्ट्र बैंकको विशेष आग्रहमा २०६२ सालदेखि लुम्बिनी बैंकको नेतृत्व लिएका थिए। जुनबेला पन्तले बैंक सम्हालेका थिए, त्यसबेला लुम्बिनीको अवस्था एकदमै नाजुक थियो।

प्रकाशित : 4 July, 2016 7:25 am