सरकारले कोभिड रोकथाम र उपचारको लागि प्रयोग हुँने २१ प्रकारका वस्तुको आयातमा सहजीकरण गर्ने (सूचि सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थतन्त्र

सरकारले कोभिड रोकथाम र उपचारको लागि प्रयोग हुँने २१ प्रकारका वस्तुको आयातमा सहजीकरण गर्ने (सूचि सहित)

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । सरकारले कोभिड –१९ रोकथाम र उपचारमा प्रयोग हुने सरकारले कोभिड रोकथाम र उपचारको लागि २१ प्रकारका वस्तुको आयातमा सहजीकरण गर्ने भएको छ । ती वस्तुहरुमा मेडिकल ग्रेड अक्सिजन, अक्सिजन सिलिडण्र लगायत छन् ।

अर्थमन्त्रालयले नयाँ कार्यविधि बनाएर भन्सार जाँचपासको लागि आवश्यक कागजपत्र नभए पनि पछि पेश गर्ने गरी छुटाउन पाइने नीतिगत व्यवस्था गरेको हो ।

कोभिड रोकथाम र उपचारमा प्रयोग हुने वस्तु आयात गरी भन्सारबाट छुटाउनको लागि प्रज्ञापन पत्र साथ पेश गर्नुपर्ने कुनै कागजात तत्काल पेश गर्न नसकेमा त्यस्तो कागजात पछि पेश गर्ने शर्तमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जाँचपास गर्न सक्ने अधिकार प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार १०:४८ 21 May, 2021 10:48 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।