आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर आए छाड्दैनाैः जसपा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर आए छाड्दैनाैः जसपा



काठमाडौं । जनता समाजवादी पार्टीले सरकारको नेतृत्वमा दावी गरेको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति निकालेर राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने जनाएका छन् ।

तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ । जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।

जसपाले अहिलेको सरकारमा भने सहभागी नहुने प्रष्ट पारेको छ । यो बाहेकको अवस्थामा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार १४:५३