सर्वोच्च अदालतले जोगायो जसपाका चार सांसदको पद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सर्वोच्च अदालतले जोगायो जसपाका चार सांसदको पद



काठमाडाैं ।जनता समाजवादी दल (जसपा) लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

जसपाका चार सांसदलाई निष्काशन गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले सोमबार आदेश दिएको हो।

सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय कानूनसम्मत नभएको ठहर गर्दै निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । उनीहरुलाई जसपाको उपेन्द्र यादव पक्षले कारवाही गर्दै प्रदेशसभामा पठाएको पत्रका आधारमा कारवाही भएको थियो ।

सोही आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजय बहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट वैशाख १७ गते पदमुक्त गरेको घोषणा गरेका थिए । त्यसविरुद्ध उनीहरु सर्वोच्च पुगेका थिए ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार २०:००