तयारी कक्षाका नाममा मानव तस्करी , एमबिबिएस देखि सिएको तयारी कक्षासम्ममा कमिसनको जालो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तयारी कक्षाका नाममा मानव तस्करी , एमबिबिएस देखि सिएको तयारी कक्षासम्ममा कमिसनको जालो



काठमाडौं। कक्षा १२ को परिक्षा केहि दिन अघि सकिएको छ । १२ कक्षाको अध्ययनपछि डाक्टर, इन्जिनियर वा चार्टड एकाउन्टेन्ट बन्ने लक्ष लिएका विद्यार्थीहरु विभिन्न तयारी कक्षाका लागि पढ्ने ठाउँ खोजिरहेका छन् । एमबिबिएस, बिइ वा सिएका तयारी कक्षा संचालन गर्ने विभिन्न सेन्टरहरु पनि विद्यार्थी भर्ना गराउने अभियानमा छन् ।

कतै तापाई पनि यस्ता तयारी कक्षाहरु लिंदै हुनुहुन्छ र कसैले तपाईंलाई कुनै ठाउँमा भर्ना गर्न दवाव दिइरहेको छ वा फकाईरहेको छ भने विचार गर्नुहोस् तपाईं बेचिन सक्नुहुन्छ ।

आजको जनआह्वान साप्ताहिकमा खबर छ– मौसमी ब्यापार मानिने यस्तो तयारी कक्षा संचालनको व्यापार पछिल्लो समय भने विकृत हुँदैछ । विभिन्न कलेज वा कलेजका संयोजकसँगको मिलेमतोमा विद्यार्थी किनबेच हुने गरेको स्रोतको दावी छ ।

विभिन्न कलेजका प्रतिनिधिले विद्यार्थीहरुलाई आफुले भनेको सेन्टरमा भर्ना गर्ने र त्यसवापत कोचिङ सेन्टरबाट कमिसन लिने गरेको स्रोतको दावी छ । कतिपय यस्ता कोचिङ सेन्टरहरुले प्रति विद्यार्थी २००० देखि ५००० सम्म कमिसन दिने गरेका छन् भने कतिपय सेन्टरहरुले विद्यार्थीले तिरेको रकमबाट कमिसन बाढ्ने गरेका छन् ।

एमबिबिएस देखि सिएको तयारी कक्षासम्ममा कमिसनको जालो
विभिन्न कलेजका प्रतिनिधि र त्यसमा पनि कलेजका संयोजक वा सम्बन्धित विषयका शिक्षकहरुको मिलेमतोमा यस्तो कार्य हुँदै आएको स्रोत बताउंछ ।

’एमबीबिएसको तयारी कक्षा संचालन गर्नेहरुले विभिन्न कलेजका बायोलोजी बढाउने शिक्षकसँग कुरा मिलाएका हुन्छन् भने इन्जिनियरिङको तयारी कक्षा संचालन गर्नेहरुले गणित वा फिजिक्स पढाउने शिक्षकसँग कुरा मिलाएका हुन्छन् । यस्तै सिएको तयारी कक्षा संचालन गर्ने विभिन्न कोचिङ सेन्टरले विशेषगरी ब्यबस्थापन पढाउने कलेजका लेखा विषयका शिक्षकसँग कुरा मिलाएका हुन्छन् ।’

कुनैपनि शिक्षकले उक्त संस्थाहरुमा विद्यार्थी पठाएको खण्डमा ती शिक्षकहरुले कमिसन पाउने गरेका छन् । कतिपय कलेजका प्रधानाध्यापक समेत यस्तो धन्दामा लाग्ने गरेका छन् ।

प्रकाशित : १० असार २०७३, शुक्रबार ०३:०२