काठमाडाै । नेपाली काँग्रेशका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार विज्ञप्ति जारी गरी उनले कोरोना महामारीले उग्र रुप लिएको भन्दै यस्तो बेलामा गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका हुन् ।
देउवाले अहिलेको विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई अपिल गरेका छन् । उनले सर्वसाधारणलाई स्वास्थ्यका मापदण्ड अपनाउन, आफ र आफ्नो परिवारलाई सुरक्षित राख्न आग्रह गरेका छन् ।
देउवाले कांग्रेस कार्यकर्तालाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गरेका छन् ।
Comment