झापामा शुक्रबार देखि पूर्ण निषेधाज्ञा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

झापामा शुक्रबार देखि पूर्ण निषेधाज्ञा



झापा । शुक्रबार अर्थात् भाेलिबाट झापामा पूर्ण निषेधाज्ञा हुने भएको छ । कोरोना भाइरसको महामारी बढ्दै गएको कारण जिल्ला प्रशासन कार्यालयले अति आवश्यक बाहेकका सबै सेवा बन्द गरेको हो । कार्यालयले यस अघि जारी गरेका सबै सवारी पास रद्द गरिएको छ ।


कोरोना संक्रमण तीब्र रुपले फैलिएपछि शुक्रबार मध्यरात १२ बजे देखि जेठ सात गते मध्यरात १२ बजे सम्मका लागि पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार २१:३६