सहकारीमा कोरोनाको आतंक, सदस्यलाई दिने सेवा प्रभावित,आउला त राहतको प्याकेज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

सहकारीमा कोरोनाको आतंक, सदस्यलाई दिने सेवा प्रभावित,आउला त राहतको प्याकेज ?



काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको संक्रमणको कारण राजधानी काठमाडौंमा रहेको सहकारीहरुमा आतंक नै मच्चिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि कार्यालयहरु बन्द गरिएका छन् ।

राजधानी काठमाडौंमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सहकारीहरु प्रभावित भएका हुन। कोरोना संक्रमणकै कारण पनि धेरै सहकारी कार्यालय बन्द भएका छन् । तर हाल सम्म पनि सहकारीको नियामक निकाय सहकारी विभागसंग भने कति सहकारीहरु कोरोना भाइरसको संक्रमणमा परेका छन् भन्ने तथ्यांक भने छैन । कोरोनाको कारण सहकारीहरुले सेवा नै बन्द गर्नु परेको छ ।

सहकारीका सञ्चालकका अनुसार बन्दाबन्दीमा सहकारी कसरी चलाउने र के गर्ने भन्ने संघ र महासंघले प्रभावकारी रुपमा काम नगर्दा समस्या भएको बताए ।

उनिहरुका अनुसार अहिले सहकारी क्षेत्रमा समयमा ब्याज नउठने, बचत कम हुने जस्ता समस्या देखिएको छ।

अर्थबजारडटकम संग कुराकानी गर्दै एक सहकारीकर्मीले भने कर्जा लगानी भएकाबाट ब्याज मात्र उठाउन सकिएन भने सहकारीमा समस्या आउने पक्का देखिन्छ । यस कारण सरकारले सहकारी र सदस्यहरुलाई राहतको प्याकेज ल्याउनका लागि छलफल आवश्यक भै सकेको ति सहकारीकर्मीले बताए ।

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार १७:३८