मुलुक भरिका सहकारीलाई सेवा स्थगन गर्न विभागको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

मुलुक भरिका सहकारीलाई सेवा स्थगन गर्न विभागको निर्देशन



काठमाडौं । संघीय सहकारी विभागले मुलुकभरिका सहकारीलाई अत्यावश्यक बाहेकको सेवा स्थगन गर्न अनुरोध गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९) महामारीको दोस्रो लहरले मुलुकलाई आक्रान्त पार्दै लगेपछि विभागले अवस्था सहज नभए सम्मका लागि सहकारीलाई नियमित सेवा स्थगन गर्न आग्रह गरेको हो ।

विभागका उपरजिष्ट्रार सुरेन्द्र राज पौडेलद्वारा ‘सेवा प्रवाह सम्बन्धमा’ सबै सहकारी संघ ताथ संस्थाहरुका नाममा आज प्रेषित सूचनामा मुलुकभर क्रियाशील सहकारीका संघ तथा संस्थाहरुले अत्यन्त जरुरी र अत्यावश्यक कार्य भए अन्त्यन्त कम जनशक्तिबाट क्रियाकलाप सञ्चालन गर्न भनिएको छ ।

कोरोना भाइरसको दोश्रो लहर अन्यन्त संक्रामक भएकाले त्यसको नियन्त्रण गर्न र जनधनको थप क्षति हुन नदिन सरकारले मुलुकका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरेकाले सहज अवस्था नभएसम्म काम कारवाही स्थगन गर्न भनिएको विज्ञप्तिमा जनाइएको छ ।

यस जटिल परिस्थितिम स्वास्थ्य पूर्वाधारहरुको व्यवस्थापनमा राज्यसंयन्त्रलाई आवश्यक सहयोग र समन्वय गर्न समेत सूचनामा अपिल गरिएको छ ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार १६:३६