विपदमा किसान बहुउद्देश्यीय सहकारीको लोभ लाग्दो काम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

विपदमा किसान बहुउद्देश्यीय सहकारीको लोभ लाग्दो काम



कैलाली । मोफसलमा रहेका सहकारीहरू विपदको बेलामा एेतिहासिक कर्ममा जुटेका छन् । त्यसको पछिल्लो उदाहरण बनेको छ  ।


 लम्किचुहा नगरपालिका– १ लम्की कैलालीमा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था । सो स‌ंस्थाले ‘किसान अक्सिजन बैङ्क’ स्थापना गरेको छ ।


कोरोना सङ्क्रमित बिरामीहरू बढ्न गई उपचारमा समस्या भएको तथा अक्सिजन नपाएर बिरामीहरूको मृत्यु भइरहेको दर्दनाक अवस्थामा अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायका साथ ‘किसान अक्सिजन बैङ्क’ स्थापना गरेको संस्थाले हो ।


संस्थाको तर्फबाट ४० थान अक्सिजन सिलिन्डर जम्मा गरी उक्त अक्सिजन बैङ्कको सुरुवात गरिएको संस्थाका महा–प्रबन्धक डम्बरबहादुर शाहले जानकारी दिए ।

यस अभियानमा सरिक भई सक्दो सहयोगका लागि सरकारी, गैर–सरकारी, सामाजिक, शैक्षिक, बैङ्क तथा वित्तीय संस्थाहरू, राजनीतिक सङ्घ संस्थाहरू, विभिन्न सङ्गठनहरू, उद्यमीहरू, व्यापारीहरू, पत्रकारहरू लगायत आम नागरिकहरूमा संस्थाले अपिल समेत गरेको छ ।


यस अभियानमा सहयोग गर्न चाहने व्यक्ती तथा संस्थाको नाममा रहेको ग्लोबल आइए मई बैङ्क लिमिटेड, लम्की शाखामा रकम जम्मा गर्न सक्नेछ ।

त्यस्तै इसेवामार्फत पनि सहयोग गर्न सकिने संस्थाले जनाएको छ । बैङ्क खाता नम्बर 2001010000073 रहेको छ भने ईसेवा आइडी 9864759065 रहेको छ ।

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार १७:५४